जनस्वास्थ्य विशेषज्ञ डा. रबिन्द्र समीर लघुकथा विधाका सशक्त हस्ताक्षर हुनुहुन्छ । 'तेश्रो आँखा' (२०५३), 'पोस्टमार्टम' (२०६२), 'विकिरण' (२०६३), 'ईश्वरका कथा' (२०६५), 'अर्जुनदृष्टि' (२०६७), 'अणु र पहाड' (२०६९), 'व्यङ्गम शरणं गच्छामी' (२०७०), र 'एकलव्य दृष्टि' (२०७१) गरि उहाँका ८ ओटा लघुकथासङ्ग्रह प्रकाशित छन् । यसबाहेक डा. समिरका 'चाँदीको घेरा' ( मुक्तक सङ्ग्रह, २०६२), 'ग्रेटवालको ग्रेट अनुभूति' (नियात्रासङ्ग्रह २०६६) तथा भूकम्पमा मल्हमपट्टि (संस्मरण, २०७३) पनि प्रकाशित छ्न ।
उहाले पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार २०७३, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विधाभूषण पदक, एन.आर.एन जर्मनी साहित्य पुरस्कार २०१८, एन.आर.एन युरोप साहित्य पुरस्कार २०१८ लगायत करिब दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गर्नु भएको छ ।
डा. समीर साहित्य विधा संगसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । देशलाई परेको बेला उहा सधै अनवरतरुपमा खट्दै सेवामा तत्पर रहदैआउनु भएको छ | महाभूकम्प २०७२ मा उहाले १० जिल्ला ७४ गाउमा पुगेर ९००० भन्दा धेरै पिडितको सहारा बन्नुभयो | यसका साथै तराईमा विभिन्न समयमा वाढि आउदा होस् या जाजरकोटमा स्वाइन फ्लु को संक्रमण हुदा होस् , सधै अग्रसर हुनुभएको छ । आजसम्म उहॉले ३० वटा देशको भ्रमण गरिसक्नु भएको छ।